एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत ‘एनआईबिएल स्टेवल फण्ड’ को सार्वजनिक निष्कासन

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रबद्र्धक तथा एनआईएमबि एस क्यापिटल लि. योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने छैठौं योजना एनआईबिएल स्टेवल फण्ड को सार्वजनिक निष्कासन २०८० माघ २ गतेबाट सुुरु भएको छ ।

यस योजना सञ्चालन गर्न नेपाल धितोपत्र बोडबाट यहि २०८० मंसिर २१ गते अनुमती प्राप्त भएको थियो । यस योजनाको आकार एक अर्ब र समयावधि १२ वर्षको रहेकोे छ । यो हाल सम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत हो । योजनाको अवधि भर यस योजनाले वार्षिक प्रतिफलको रुपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।

योजनाको सार्वजनिक निष्कासन आज माघ २ गतेदेखि छिटोमा माघ ५ र ढिलोमा माघ १६ गते सम्म रहनेछ । इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम एक हजार देखि अधिकतम १० करोड रुपैयाँसम्म लगानीका गर्न सक्नेछन् । लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगईन गरी अनलाईन आवेदन दिन सक्ने छन् । योजनाको विवरण पुस्तिका एनआइएमबी एस क्यापिटलकोे वेव साईट (www.nimbacecapital.com) तथा नेपाल धितोपत्र बोर्डको वेव साईट (www.sebon.gov.np) मा समेत राखिएको छ ।

‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत यस अघि नै चार बन्दमुखी योजना तथा एक खुलामुखी योजना समेत सञ्चालनमा रहेको छ । ‘एनआईबिएल समृद्धि फण्ड –१’ आफ्नो ७ वर्ष समयावधि पूूरा भई परिपक्क भईसकेको र हाल अन्य तीन बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड, एनआईबिएल समृद्धि फण्ड –२ तथा एनआईबिएल ग्रोथ फण्ड समेत संचालनमा रहेको छ । साथै नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागीता फण्ड’ पनि यसै म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको छ ।

‘एनआईबिएल स्टेवल फण्ड’ का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई योजनाको समयवधि सम्म इकाईहरु दास्रश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स