भोलि सार्वजनिक विदा, सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहने

काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । सरकारले भोलि माघ १ गते माघे संक्रान्तिको अवसरमा सार्वजनिक विदा दिएको हो ।

सार्वजनिक विदा भएकाले भोलि सोमबार सेयर बजार बन्द हुने भएको छ । उक्त दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

‘माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी’ नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ुमकर सङ्क्रान्तिु पनि भनिएको हो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स