काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख १९ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६५० सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १४ सय २० रूपैयाँ कायम भएको छ ।