नेपाल टेलिकमको ‘विन्टर अफर २०८०’ सार्वजनिक, १९ रूपैयाँमा ४०० एमबी डाटा, अन्य के छन् ?

काठमाडौं । नेपाल टेलिकमले ‘विन्टर अफर २०८०’ अन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको छ । कम्पनीले पुस २७ गतेदेखि लागु हुने गरी यस्तो अफर ल्याउन लागेको हो ।

यस अघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको टेलिकमले जनाएको छ । यस अनुसार १ दिनको समयावधिका लागि १९ रूपैयाँमा ४०० एमबी र ३३ रूपैयाँमा १२०० एमबी डेटा उपलब्ध हुनेछ ।

त्यसैगरी ७ दिनको समयावधिका लागि लागि १०९ रूपैयाँमा ५ जीबी र २८ दिनको समयावधिका लागि २९८ रूपैयाँमा ७ जीबी डेटा उपलब्ध हुनेछ ।

स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि १०९ रूपैयाँमा ६ जीबी डेटा तथा १३९ रूपैयाँमा ६ जीबी डेटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी २ घण्टाको समयावधिका लागि ३५ रूपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ ।

यस अघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डेटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरु समेत उपलब्ध हुनेछ । त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुनेछ ।

विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स