काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले सातौं र आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा पौष २४ गते कुपन्डोल, ललितपुरमा सम्पन्न भएको हो ।
उक्त सभाबाट सर्वसाधारण सेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालक र स्वतन्त्र संचालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण सेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र संचालकमा बरदान गिरी निर्वाचित तथा मनोनय गरी नयाँ कार्य समितिको गठन गरिएको थियो ।
साथै कार्यक्रममा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यव्रmम प्रस्तुत गरिएको थियो । उक्त कार्यव्रmममा कम्पनीका सञ्चालक र सेयर सदस्यहरुबाट मन्तव्य तथा सञ्चालक तथा शेयर सदस्यबीच गहन अन्तकृया समेत भएको थियो ।
उक्त सभामा संस्थापक सेयर सदस्य, सर्वसाधारण सेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।