दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । खनालले भोली बुधबारबाट लागू हुने गरी राजीनामा बुझाएका हुन् ।

उनले मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा समक्ष राजीनामा बुझाएको बताइएको छ ।

स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको सेयर खरिद–बिक्री सहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायतका मुद्दामा प्राधिकरण नेतृत्वले सही रुपमा काम गर्न नसकेको भन्दै आलोचना भइरहँदा खनालले राजीनामा दिएका हुन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको खनाललाई २०७६ साउन ६ गते ५ वर्षका लागि प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको थियो । उनको कार्यकाल आगामी साउन ६ गतेसम्म बाँकी थियो । तर, कार्यकाल बाँकी छँदै खनालले पदबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स