बागमती सरकारद्वारा सात कार्यविधि स्वीकृत, कुन कुन काम गर्न पुग्छ सहयोग ?

काठमाडौं । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आजको बैठकले सातवटा कार्यविधि स्वीकृत गरेको छ । मुख्यमन्त्री शालिकराम जमट्टेलको अध्यक्षतामा भएको बैठकले चेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि, मौलिक चलचित्र निर्माण तथा प्रवद्र्धनमा सहयोग कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गरेको हो ।
द्वन्द्वपीडितका लागि सबलीकरण कार्यविधि,कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वय कार्यविधि र एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) कार्यविधि स्वीकृत गरेको हो ।

त्यसैगरी बैठकले गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि तथा दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स