सरकारले रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेपछि रोजीरोटी गुमाएका कारण आन्दोलनमा उत्रिएका कर्मचारी प्रहरीको घेरामा ( हेर्नुस् फोटोमा )

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा नेपाल विद्युत प्राधिकरणले विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेपछि काम गर्न नपाएर पीडामा छट्पट्टिएर धर्नामा बसेका कर्मचारी । सरकारले यहि पुस ६ गते रिलायन्स स्पिनिङ मिल्सको टं«क र डेडिकेटेड लाइन उपयोग गरे वापतको विद्युत महशुल नतिरेको भन्दै लाइन काटेको थियो ।

पुलिस प्रशासनले उद्योगमा काम गर्ने कर्मचारीलाई उद्योगको गेटबाट बाहिर निष्कन दिएको छैन । उद्योगलाई पुरा घेराबन्दीमा राखेको छ । रिलायन्स स्पिनिङ मिल्समा ४ हजार ४ सय जना कर्मचारी कार्यरत छन् ।

 

  

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स