प्रभु इन्स्योरेन्सको सीईओमा पुनः सन्चित बज्राचार्य नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सन्चित बज्राचार्य नियुक्त भएका छन् ।

कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले बज्राचार्यलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार बज्राचार्यको नियुक्ति आउँदो माघ १ गतेदेखि लागू हुनेछ । बीमा ऐन २०७९ को दफा ५७ (१) बमोजिम उनलाई सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स