जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन झण्डै ११ अर्ब

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले मंसिर मसान्तसम्म करिब ११ अर्ब प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार बीमकहरूले पहिलो पाँच महिनामा १० अर्ब ९७ करोड ४३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

सबै भन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ५८ करोड ९० लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । नेशनल लाइफले १ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । भने  हिमालयन लाइफले ८१ करोड १३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।

त्स्तै राष्ट्रिय जीवन बीमा कम्पनीले २८ करोड २४ लाख, एलआइसी नेपालले ८० करोड ७४ लाख, मेट लाइफले ४८ करोड ३ लाख र सूर्यज्योतिले ७८ करोड ६५ लाख, सिटिजनले, ६२ करोड ६४ लाख, प्रभु महालक्ष्मी लाइफले ३३ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ ।

एसीयन लाइफले ५६ करोड ५१ लाख, आइएमई लाइफले ५० करोड १३ लाख, सन नेपाल लाइफले ५२ करोड ४५ लाख, रिलायबल नेपालले ४८ करोड ५८ लाख, सानिमा रिलायन्सले ५५ करोड ७७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स