सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षकदेखि परिचरसम्म कुल २८८ जनाका लागि भर्ना खुल्यो (सूचना सहित)

काठमाडौं । सशस्त्र प्रहरी बलमा विभिन्न पदमा नयाँ भर्ना खुलेको छ ।

सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा गरि कुल २८८ जनाका लागि नयाँ भर्ना खुलेको हो ।

सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पदमा खुला ५३ सहित ९८ र परिचर पदमा खुला ५० सहित ९१ जनाका लागि भर्ना खुलाएको हो ।

परिचरतर्फ भान्छे, कूचिकार, सूचिकार, केशकर्तक, चर्मकर्मी र मालीका लागि भर्ना खुलेको छ ।

सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि पुस २० गतेदेखि माघ २१ गतेसम्म दरखास्त फारम बुझाउन सकिने छ । दोब्बर दस्तुर तिरेर माघ २२ गतेदेखि २८ गतेसम्म फारम बुझाउन सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स