काठमाडौं । अब भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने भएको छ।
बिहीबार भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै अनुदान दिनसक्ने सहमति पाएको हो। भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको सिलसिलामा यससम्बन्धी सम्झौता भएको हो ।
सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थसचिव डा. कृष्णहरि पुष्कर र भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्ताक्षर गरे ।
यस सम्झौतासँगै अब भारतले सिधै लगानी गर्ने पाउने विकास आयोजनाको रकमको सीमा ५ करोडबाट बढेर चार गुणा बढी अर्थात २० करोड पुगेको हो।