बीवाइडीको २०२३ मा ३ मिलियन भन्दा बढीको संख्यामा विद्युतीय सवारी साधनहरु बिक्री

काठमाडौं । विद्युतिय सवारीसाधनको उद्योगमा विश्वमै अग्रणी स्थानमा रहेको बीवाइडीले २०२३ को अन्त्य सम्ममा ३,०२४,४१७ विद्युतीय गाडीहरू बेचेको घोषणा गरेको छ। यस माइलस्टोनले बीवाइडीको ६१.८ प्रतिशतको वर्ष/दर/वर्ष वृद्धि मात्रै नभएर दिगो साधनहरुको विकासमा बीवाइडीको प्रतिवद्धतालाई पनि देखाएको छ।

वार्षिक मापदण्डमा ४५.० प्रतिशतको वृद्धि देखाउदै, बीवाइडीले डिसेम्बर २०२३ मा, कुल मासिक ३४१,०४३ न्यू इनर्जी गाडीहरू (एनईभी) बिक्री गरेको थियो। वर्षको अन्तिम महिनाको यस अद्भुत प्रदर्शनले बीवाइडीलाई विद्युतीय गाडीहरूको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सहयोग गरेको छ ।

२०२२मा पनि बीवाइडीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै, १.८६ मिलियन विद्युतीय गाडीहरू बेचेको रेकर्ड दृढ गतिमा बनाएको थियो। कम्पनीको दिगो पर्यावरणीय संरक्षण र नविन प्रविधि विकास प्रतिको प्रतिवद्धताले नै बीवाइडीलाई विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ उचाईमा पुर्याएको हो ।

नोभेम्बर २०२३, बीवाइडीको यो प्रगतिशील यात्राको एक महत्त्वपूर्ण क्षण रहेको छ। कम्पनीले आधिकारिक रुपमा आफ्नो ६ मिलियन विद्युतीय गाडीहरू बजारमा लेराइ कम्पनीको प्राकृतिक तथा शुचित भविष्य सृष्टि गर्ने लक्ष्यमा एक ऐतिहासिक माइलस्टोन हासिल गरेको छ।

बीवाइडीको सफलता, यसको अत्याधुनिक प्राविधिको तथा बलियो उत्पादन लाइनअपको प्रमाण हो जसले पर्यावरण/मैत्री यातायात समाधानहरुको लागि बढ्दो विश्ववायापी मागसगँ प्रतिध्वनित गर्दछ। आजको दिनमा, कम्पनी विद्युतीय सवारी क्रान्तिको अग्रभागमा रहदै, उद्योगमै बेन्चमाक्रहरु सेट गरी रहेको छ ।

२०२३ लाई हाम्रो उत्कृष्ट वर्षका रुपमा मनन गरिरहँदा, बीवाइडीले पर्यावरण मैत्री सवारीसाधनहरु मार्फत यातायातको क्षेत्रमै केहि परिवर्तन ल्याउने संयुक्त प्रयास गरेको छ। ३ मिलियन भन्दा बढीको विद्युतीय सवारी साधनहरुको बिक्रि कम्पनीको टिमको अथक प्रयास मात्रै नभएर उत्पादनको गुणस्तर तथा उत्कृष्टतालाई विश्वास गर्ने विश्व भरका ग्राहकहरू रहेको कम्पनीले जनाएको छ ।

बीवाइडीको विद्युतीय गतिशीलता र कार्बन फूटप्रिन्ट घटाउने लक्ष्य, विश्व जलवायुमा आएको परिवर्तनसँग भिड्ने र कार्बनको उत्पादन घटाउने प्रयासहरूसँग समर्थन गर्दछ। कम्पनी उच्च-गुणस्तरीय प्रविधि र पर्यावरणमैत्री समाधानहरूको उत्पादनमा दृढ छ,जसले आगामीमा सवारी साधनहरुको निर्माणमा हेरचाह गरिरहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स