जापान एयरलाइन्सको विमानमा अवतरणका क्रममा आगलागी

काठमाडौं । जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आज साँझ आगलागी भएको हो ।

घटनास्थलबाट सार्वजनिक तस्बिरमा विमान र धावनमार्गमा आगो देखिएको छ । अवतरणपछि विमान अर्को विमानसँग ठोक्किएको हुन सक्ने बताइएको छ । कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको रोयटर्सले उल्लेख गरेको छ ।

विमानमा रहेका ३ सय ७९ यात्रु र चालक दलका सबै सदस्यलाई बाहिर निकालिएको बताइएको छ । जेएएल ५ सय १६ कलसाइनको विमानले जापानको होक्काइदोबाट उडान भरेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स