नेपाल पुनर्बीमा कम्पनीको निमित्त सीईओमा दामोदर भण्डारी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दामोदर भण्डारी नियूक्त भएका छन् । कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम भण्डारीलाई कम्पनीको निमित्त सीईओमा नियुक्त गरिएको हो ।

कर्मचारी सेवा शर्त विनियमावली, २०७६ (दोस्रो संशोधन समेत)को विनियम १२१ बमोजिम प्रमुख कार्यकारी अधिकृतको नियुक्ति नहुँदासम्मका लागि कम्पनीको एघारौं तहमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्न जिम्मेवारी दिने निर्णय संचालक समितिले गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीको पदावधी पुस ११ गते समाप्त भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स