काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०९ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा १५९, भक्तपुरमा ९ र ललितपुरमा ४१ जना संक्रमित थपिएको हो ।
त्यस्तै, उपत्यकामा कोरोना सक्रिय संक्रमितको संख्या दुई हजार ३९३ रहेको छ ।
देशभर थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।