रेसिङ अटोमोबाइल्सले ल्यायो ‘नयाँवर्ष बम्पर योजना’, गाडी खरिदकर्ताले वर्षभरी नै इन्धन उपहार पाउने

काठमाडौं । रेसिङ अटोमोबाइल्सले अंग्रेजी नयाँवर्ष २०२४ को अवसरमा आफ्ना ग्राहकहरुका लागि बम्पर योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत नयाँवर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई एक वर्षसम्म नै इन्धन उपहारमा दिने सो अटोमोबाइल्सले जनाएको हो ।

बम्पर योजना अन्तर्गत अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरुहुने दिन (पुस १५ गते राती १२ बजे) देखि ३० दिनसम्म सो अटोमोबाइल्स मार्फत नयाँ तथा पुराना जुनसुकै गाडी खरिद गर्ने ग्राहकले पनि सन् २०२४ भरि नै हरेक महिना इन्धन खरिदको लागि २ हजार २४ रुपयाँ प्राप्त गर्ने छन् । यस्तो नगद उपहारको अलावा हरेक ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने अटोमोबाइल्सका अध्यक्ष रुद्र ढुंगेलले जानकारी दिएका छन् ।

उनका अनुसार यस्तो सुबिधा र उपहार प्राप्त गर्न खरिदकर्ताले तोकिएको समय भित्र प्रतक्ष रुपमा अटोमोबाइल्सको सो रुम तथा बिक्री कार्यालयमा उपस्थित भएर वा कुनैपनि डिजिटल भुक्तानी मार्फत गाडी बुकिंङ गरेको हुनुपर्ने छ । कम्तिमा २५ हजार रकम बुझाएर गाडी बुकिंङ गर्ने ग्राहक यस्तो उपहार र सुबिधाको हकदार हुनेछन् ।

सबै प्रकारका नयाँ तथा पुराना गाडीहरुको बिक्री/वितरण गर्दै आएको रेसिङ अटोमोबाइल्स कलंकी भाटभटेनीदेखी २०० मिटर पूर्वतर्फ रेसिङ बजारमा रहेको छ । रेसिङ अटोमोबाइल्सले सुलभ मूल्यमा ग्राहकको रोजाई अनुसारका सबै प्रकारका नयाँ तथा पुराना गाडीहरु उपलब्ध गराएर गाडीका पारखी र आम ग्राहकबीच लोकप्रियता हाँसिल गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स