काठमाडौं । आइतबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख २० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ५५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।