मन्त्रीको गाडी आगजनी घटनामा एकको मृत्यु

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा एक जना युवकको मृत्यु भएको छ।

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा २३ वर्षीय सुदन राउतको मृत्यु भएको ललितपुर प्रहरी परिसरका एसपी नवराज कार्कीले पुष्टि गरे ।

प्रहरीको गोली लागेर घाइते भएर उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको भनिए पनि प्रहरीले भने त्यसलाई औपचारिक रूपमा जानकारी दिएको छैन । किस्ट अस्पताल स्रोतका अनुसार भने राउतको अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको थियो ।

शुक्रबार बिहान कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ईपीएस कार्यालय अगाडि प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीसमेत प्रदर्शनकारीले जलाएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स