मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनीपछि ग्वार्को तनावग्रस्त, प्रहरीद्वारा इपिएस परीक्षार्थीहरूमाथि अश्रुग्यास प्रहार

काठमाडौं । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले शुक्रबार दिउँसो ग्वार्कोमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि तनावग्रस्त बनेको छ ।

इपिएस परीक्षार्थीहरूले मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगजनी गरेका हुन्। आगलागीबाट बा २ झ ५८६१ नम्बरको गाडीमा क्षति पुगेको छ।

घटनास्थलमा खटिएका प्रहरीले इपिएस परीक्षार्थीहरूमाथि अश्रु ग्यास प्रहार गरेको छ। परीक्षार्थीहरूले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन्।
अहिले त्यहाँ सवारी आवागमन पनि अवरूद्ध बनेको छ। अहिले ग्वार्कोमा ठूलो संख्यामा प्रहरी खटिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स