इपीएस पिडितले जलाए मन्त्रीको गाडी, प्रर्दशनका क्रममा सडक अवरुद्ध

काठमाडौं । ललितपुरको बालकुमारी क्षेत्रमा युवाहरुले संघीय मन्त्रीको गाडीमा आगजनी गरेका छन्।

रोजगार अनुमति प्रणाली (इपिएस)को विषयलाई लिएर प्रर्दशन उत्रिएका युवाहरुले मन्त्रीको गाडीमा हावा फुस्काएका तोडफोड गरी आगजनी गरेका हुन्।

युवाहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका थिए ।

प्रर्दशनका क्रममा उनीहरुले सडक अवरुद्ध गर्दै अन्य सवारीसाधनलाई रोकेका थिए। साथै सवारी चालकहरुलाई हातपात समेत गरेका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स