गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा, आजै सुनुवाइ हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश सुष्मालता इजलासमा पेसी तोकिएको छ । न्यायाधीश माथेमाको बेन्चमा ३ नम्बरमा परेको रिटमा आजै सुनुवाइ हुनेछ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त गरिएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर भएको हो । सर्वोच्च अदालत प्रशासनले बिहीबार रिट दर्ता गर्दै शुक्रबारका लागि पेसी तोकेको थियो ।

अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातक मात्रै रहेको भन्दै नियुक्ति बदरको माग राखी सर्वोच्चमा बिहीबार रिट दर्ता गराएका थिए । सोही रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

रिट निवेदकले चार्टर्ड एकाउन्टेन्टलाई स्नातकोत्तर मान्न नसकिने जिकिर गरेका छन् । अधिकारीलाई गभर्नर बनाउने २०७६ चैत २४ गतेको सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्दै न्यूनतम योग्यता नपुगेकाले अधिकारीविरुद्ध अधिकारको रिट जारी हुनुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स