डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन क्रमशः काट्दै जाने रणनीतिमा छौंः प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन क्रमशः काट्दै जाने स्पष्ट पारेको छ । प्राधिकरणले २०७६ सालमै केही उद्योगको लाइन काट्न सुरु गरेकोमा कोभिड–१९ महामारीका कारण रोकिएको थियो ।

डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन् ।

प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको ६१ वटा उपभोक्ताको मंसिर २०८० सम्म २२ अर्ब २४ करोड रुपैंयाँ बक्यौता रहेको छ । यसमध्ये अहिलेसम्म ९ वटा उद्योगको मात्र लाइन काटिएको छ । जसको मात्र बक्यौता १२ अर्ब ५० करोड रुपैयाँ हुने उनले जानकारी दिएका छन् ।

आम सर्वसाधारणले १७/१८ घण्टाको लोडसेडिङमा बसेका बेला २३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टा भन्दा बढी विद्युत उपयोग गरेको प्राधिकरणले दाबी गरेको छ । उक्त ग्राहकहरुमध्ये १७८ ग्राहकहरुले प्रिमियमसहितको विद्युत् महसुल समयमै बुझाएर भुक्तानी गरिसकेको प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स