गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न उठाएको रिट आज सर्वोच्चमा अदालतमा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर सर्वोच्च अदालतमा पेश गरेको रीट आज सर्वौच्च अदालतमा दर्ता भएको छ। आज सर्वोच्चमा अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले रीट दर्ता गरेका छन्।

गत कात्तिक ३ गते गभर्नर सो पदमा रहन योग्य नरहेको दाबीसहित पेश गरिएको रीट हिजो मात्र सर्वोच्चको रजिष्टारले दर्ता गर्ने अनुमति दिएका थियो । हिजो नै रीटसम्बन्धी सम्पूर्ण दस्तुर बुझाइएको थियो ।

गभर्नर अधिकारीले पेश गरेको शैक्षिक योग्यता गभर्नरको शैक्षिक योग्यताको मापदण्ड भित्र नपर्ने भएकाले उनी गभर्नर पदका लागि योग्य नभएको दाबी रिटमा गरिएको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ तर सीएको योग्यतालाई नेपालमा स्नातकोत्तर उपाधि मान्ने गरिएको छैन भन्ने रिटमा उल्लेख छ। यस विषयमा सर्वोच्चले नै विगतमा एउटा रिट खारेज गरेको पनि उल्लेख छ।

गभर्नर अधिकारीले अर्थ मन्त्रालयमा बुझाएको व्यक्तिगत विवरण (बायोडाटा) मा स्नातक तह मात्रै पास भएको विवरण पेश गरेको जिकिर रिटमा छ । सन् १९८९ मा काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उत्तिर्ण गरेको र भारतको एक चाटर्ड एकाउन्टेन्ट पढाइ हुने कलेजबाट सन् १९९३ मा ‘सीए’ पढाइ सकेको उल्लेख गरे पनि त्यो प्रयाप्त नभएको रिटमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स