लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानीे गर्ने

काठमाडौं । लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ । यो  लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण कदम चँल्नका साथै आफले संचालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानीको शुभारम्भ समेत गरेको छ ।

विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्र्तगत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्नको लागी इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये लक्ष्मी क्यापिटल एक हो ।

लक्ष्मी क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो । कोषको आकार रु १ अर्वको रहेको छ । लक्ष्मी क्यापिटल प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कोष संचालन गर्न स्वीकृति प्राप्त गरी लगानी शुरू गर्ने पहिलो केहि मन्र्चेट बैक मध्ये एक हो । यो कोषले जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।

युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो फवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण अन्तिम चरणमा पुगीसकेको छ । ताप्लेजुङ जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ५.८ मेगावाट छ । साथै कम्पनीसँग थप १५ मेगावाट (मध्य इङ्वा खोला जलविद्युत आयोजना) को अर्को जलविद्युत आयोजनाको इजाजतपत्र समेत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स