१ करोड ७० लाख कित्ता सेयर लिलामी बिक्री खुला गदै अपर तामाकोशी

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले भोली शुक्रबार देखि १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा बिक्री खुला गर्दैछ ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्ने प्रवन्धकले जनाएको छ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
५ लाख रुपैयाँभन्दा बढी रकमको आवेदन दिनेले भने प्यान नम्बर खुलाउनुपर्नेछ ।

आवेदन दिने अन्तिम म्याद पुस २९ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गर्नेछन् । बिक्री प्रवन्धकका अनुसार मूल्य बढाबढका आधारमा कम्पनीको सेयर बाँडफाँट हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स