काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई मातृशोक परेको छ। निवर्तमान अध्यक्ष गोल्छाकी आमा पुखराजदेवी गोल्छाको ८४ वर्षको उमेरमा मंगलबार राति साढे ९ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो।
नेपालमा औद्योगिकीकरणमा महत्वपूर्ण भुमिका खेल्ने रामलाल गोल्छाकी उनी कान्छी बुहारी हुन्। रामलालका २ छोरा जेठा हंसराज र कान्छा हुलासचन्दमध्ये उनी हुलासचन्दकी श्रीमती हुन्।
पुखराजदेवीका चन्द्रकुमार, सुरेन्द्रकुमार, शेखर र सञ्जय गरी ४ छोरा छन्। उनको दाहसंस्कार बुधबार दिउँसो १ बजे पशुपति आर्यघाटमा हुने पारिवारिक स्रोतले जनाएको छ।