कार्यकाल १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । उनले अहिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गरिरहेका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएयताको एक वर्षको अवधिमा भएका मुख्यमुख्य कामका विवरणसहित सुशासन प्रवद्र्धन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासका निम्ति भएका प्रयास र आगामी कार्ययाजनाबारे जानकारी दिएका छन् ।

उनले आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गरेका उनले सकिंदैन, हुँदैन भन्ने नकारात्मकताले समाजको सिर्जनात्मकता नै मरेको बताए ।

प्रधानमन्त्री दाहालले अगाडि भने, ‘के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्ण सम्भावनाहीन बन्दै गएको हो त ?’ नकारात्मक र हीन भावनाले सम्भव कामलाई पनि असम्भव बनाएको प्रधानमन्त्री दाहालले बताए । लोडसेडिङ अन्त्य गर्नुका साथै एक वर्षमा १५ अर्बभन्दा बढीको विद्युत व्यापार गरेको र एक वर्षमा ५०० मेगावाट भन्दा बढी विद्युत थप भएको भन्दै उनले भने, ‘८० वर्षमा नभएको काम एक वर्षमा भएको छ ।’
भारत भ्रमणमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सहमति भएको भन्दै उनले यो ऐतिहासिक भएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स