फेरी बढ्यो सुन, आज कतिमा हुदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख २० हजार ५ सयमा कारोबार भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन तोलाको १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको प्रतितोला १ लाख १९ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स