पुस १६ देखी लागू हुने गरि प्राधिकरणले ल्यायो एकै पटक ३ खेतीको बीमा पोलिसी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि बीमा अन्तरगत तीन वटा बीमा पोलिसी जारी गरेको छ । आगामी पुस १६ गते देखी लागू हुने गरि प्राधिकरणले दलहन बाली, आँप खेती र ओखर खेतीको बीमा गर्न मिल्ने गरि पोलिसी जारी गरेको हो ।

आगामी पुस १६ गते देखी बीमा कम्पनीहरुले दाल खेती, आँप खेती र ओखर खेतीको बीमा गर्न सक्ने बीमा प्राधिकरणले जनाएको छ । यसैगरि प्राधिकरणले पंक्षी बीमालेखको खाका पनि संसोधन गरेको छ । यो सँगै बीमा कम्पनीहरुले पंक्षीको बीमा नयाँ व्यवस्थाअनुसार गर्नुपर्ने व्यवस्था छ ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार कृषि बीमाको सेवालाई फराकिलो बनाउन थप तीन खेतीको बीमा गर्न मिल्ने व्यवस्था गरेको हो । उनले दाल, आप र ओखर खेती गर्दै आएका किसान तथा व्यवसायीलाई बीमा गर्न बाटो खुला भएको बताए । नेपालमा २०६९ मा कृषि बीमा निर्देशका जारी गरेर आव २०७०र७१ देखि कृषि बीमाको कारोबार हुँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स