प्रधानमन्त्री दाहालले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।

मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री  प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् । प्रधानमन्त्री दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स