दुई दिन सार्वजनिक विदा

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक विदा दिएको छ । सरकारले भोलि पुस ९ गते इसाई धर्माबलम्बीहरूको महान् चाड क्रिसमस डे र पुस १० गते उधौली पर्व, योमरीपुन्हि,धान्य पूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको हो ।

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।

त्यस्तै, हरेक वर्षको मंसिर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार त्यस दिनदेखि हिउँद शुरु भयो, हिँउदको शुरु भएलगत्तै लेकवाट बस्तुभाउ अनि चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । किराँतहरुको धार्मिक पुस्तक मन्धुमुमा एउटा समग्र वर्षलाई चराहरुको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उगौली र उधौंली ।

योमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारीक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले त्यस दिनलाई धान्य पुर्णिमा समेत भनिएको हो। नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरुप बनाएर त्यस भित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरि तयार पारिन्छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स