काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख १९ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय ८५ रूपैयाँ कायम भएको छ ।