काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य २ सय रूर्पैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख १८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ५५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १४ सय ५० रूपैयाँ कायम भएको छ ।