लेगुवाबाट ९ जना पहिचानवादी प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले पहिचानवादी आन्दोलनका ९ जनालाई धनकुटाबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीको नियन्त्रणमा प्रदेश पहिचान संयुक्त संघर्ष समिति संखुवासभाका संयोजक वीरेन्द्र खारा राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसि तिगेला र किरात राई यायोख्खाका धनकुटा अध्यक्ष उद्धवमणि राईलगायत उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई, पनित कुलुङ रहेका छन् ।

उनीहरू सबैलाई धनकुटा र भोजपुरको सीमवर्ती लेगुवाबाट शान्ति सुरक्षाको दृष्टिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

नेकपा एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ कोशी प्रदेशमा प्रवेश गरेसँगै पहिचान पक्षधरले यातायात बन्द आह्वान गरेको छ ।

बिहीबार धनकुटाको लेगुवा, पाख्रिबास, हिले, सिधुवा हुँदै तेह्रथुमको वसन्तपुरमा सभा आयोजना हुने तयारी छ । उक्त यात्रालाई प्रभावित पार्न सक्ने भन्दै ती क्षेत्रमा सुरक्षा सतर्कता मजबुत बनाइएको प्रशासन स्रोतको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स