युटीएल सहित ३ वटा कम्पनीको लाईसेन्स खारेज, ३० दिनभित्र बाँकी दस्तुर बुझाउन निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटीएल) सहित ३ वटा दूरसञ्चार सेवा प्रदायकको इन्टरनेट सेवाको लाईसेन्स खारेज गरेको छ। प्राधिकरणले युनाइटेड टेलिकम (युटिएल), म्याक्स नेट सोलुसन प्रा.लि. र चितवन नेटवर्क प्रा.लि.को इमेलसहितको इन्टरनेट सेवा अनुमति खारेज गरेको हो ।

अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकाले लाईसेन्स खारेज गरिएको प्राधिकरणले जनाएको छ ।

यी सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकाले निजहरूको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः खारेज हुन गएको प्राधिकरणले उल्लेख गरेको छ ।

साथै, प्राधिकरणले कम्पनीहरुलाई नियमानुसार तिर्नुपर्ने दस्तुर रकम तथा विवरणहरु ३० दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ । अन्यथा प्रचलित कानुन बमोजिम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स