अब महिला कर्मचारीले महिनावारी बिदा पाउने

काठमाडौं । लुम्बिनी प्रदेशमा कार्यरत महिला सरकारी कर्मचारीले महिनावारी बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ‘महिनावारी बिदा’ नियमावलीमा तोकिएअनुसार हुने व्यवस्था गरेको छ ।

प्रदेश निजामतीको सेवा ऐन गत असार २२ गते प्रदेश सभामा दर्ता भइ भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । प्रदेश निजामती सेवा ऐनको दफा ११७ को (१) (ग) मा यस्तो बिदाको व्यवस्था गरिएको छ । यसअघि महिला कर्मचारीलाई प्रसुति बिदा पाउने व्यवस्था छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स