आइस ड्रगसहित झम्सिखेलबाट १ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार झम्सिखेलबाट उदयपुरका अविनाश राईलाई आधा किलो लागुऔषध ‘आइस ड्रग’ सहित नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिने क्रममा प्रहरीलाई राईले आक्रमण गर्न खोजेपछि प्रहरीले १ राउन्ड गोली चलाएर नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए ।

पक्राउ परेका राईमाथि आवश्यक छानिबन भइरहेको पनि एसपी रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स