बीवाईडीद्वारा नेपाल भर फास्ट चार्जिङको विस्तार, पहिलो चरणमा ११ डीसी चार्जरको जडान

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रि को.लि. को नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले देशका मुख्य मुख्य स्थानहरुमा ११ डीसी फास्ट चार्जर जडान गरि विद्युतीय साधनको क्षेत्रमा महत्वपूर्ण मार्गचित्र कोर्न सफल भएको छ।

नयाँ जडित डीसी फास्ट चार्जर देशका मुख्य शहरहरु, पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको छ। यी चार्जर हरु मध्ये, १० ओटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मुलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जर बाट सुसज्जित छ।

यसरी, साइमेक्सद्वारा पहिलेनै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको हो। यी चर्जिङ पुर्वाधारहरुको सर्वसुलभ र व्यापक स्थापनाले, सवारी साधनमा दिगो समाधान खोज्ने कम्पनीको प्रतिवद्धतालाई अझै स्पष्ट पारेको छ।

चर्जिङ स्थानहरु ठ्याक्कै कहाँ छन्? र, तिनको सम्पर्क नम्वरका लागि साइमेक्सको अधिकारिक वेबसाइट http://cimex.com.np/charging–stations मा गएर हेर्न सकिनेछ। विद्युतीय साधन चार्जिङ स्टेसनको बढ्दो मागको सम्बोधन गर्दै, साइमेक्सले चाजिङ नेटवर्कहरुको थप विकास र विस्तार गर्ने योजना राखेको छ।

साथै, डिसेम्बर २०२३ को अन्त्य सम्ममा थप १८ डीसी फास्ट चार्जरहरु पनि संचालनमा ल्याइने छन्। बीवाईडी एट्टो ३ का लागि ८८ किलोवाट सम्मको डीसी फास्ट चार्जिङको प्रयोग गर्न सकिन्छ भने बीवाईडी डल्फिनमा ६० किलोवाट सम्मको चार्ज दिन सकिन्छ। यसले ३० देखि ४५ मिनेटमा बीवाईडी विद्युतीय साधनहरुलाई ८०% सम्म चार्ज गर्न सकिनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स