काठमाडौं । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका छन् ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव डा. गौतमले घरायसी कारणले आइतबार महासचिव पदबाट राजीनामा दिएको हो । महासचिव डा. गौतम विसं २०५१ मा सेवामा प्रवेश गरेका थिए भने विसं २०७७ वैशाख २२ गते संसद्को महासचिव पदमा नियुक्त भएका थिए ।
रिक्त संघीय संसद्को महासचिव पदमा नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त निर्णयबाट सचिवालयका सचिव पद्यमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ ।