सुन तस्करको ट्रान्जिट प्वाइन्ट नेपाल, पुरै सेटिङमा यसरी पुग्छ भारत

काठमाडौं । पछिल्लो समय नेपाल सुन तस्करहरूको ट्रान्जिट प्वाइन्ट बनेको छ । विशेष गरेर नेपालको उत्तरी नाका र त्रिभुवन विमानस्थलबाट भित्रिएको सुन भारत हुँदै विभिन्न साउथ एशियन कन्ट्रीमा पुग्ने गरेको बताइएको छ । नेपालमा दैनिक विभिन्न नाकाबाट यसरी भित्रिएको सुन काठमाडौं–दिल्ली जाने बसको गाडीको मुनीबाट डिकी बनाएर तस्करीको सुन भारत पुर्याउने गरेको आशंका गरिएको हो । यस विषयमा नेपाल प्रहरीको अनुसन्धान ब्यूरोले अध्ययन तथा अनुसन्धान समेत गरिरहेको छ ।

विकट पहाडी नाका भएकाले चीनसँग जोडिएको नाकाबाट आएको सुन नेपाल हुँदै दिल्ली पुग्ने गरी तस्करको जालो बनेको छ । देशकै प्रतिष्ठा बोकेको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलसहित मुस्ताङको कोरोला, गोरखाको लार्के, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङचुङ्गगोला, संखुवासभाको किमाथाङ्का हुम्लाको यारिका, रसुवाको केरुङ, सिन्धुपाल्चोकको तोतोपानी नाकाबाट पनि सुन नेपाल भित्र्ने गरेको तथ्य बाहिर आएको छ ।

यी नाकाबाट दैनिक नेपाल भित्रिएको सुन नेपाल–दिल्ली मैत्री बस सेवाबाट भारत पूग्ने र भारतबाट पाकिस्तान, बंगलादेश, भुटान, बर्मालगायतका देशमा सुन जाने गरेको खुलासा भएको हो । सुन तस्करहरूले पुरै सेटिङमा सुन नेपाल भित्र्याउँछन् र पछि त्यहि सुन छिमेकी मुलुकमा पुर्याउने गरेका हुन्

किन जान्छ भारतमा तस्करीको सुन ?

नेपाल र भारतमा सुन आयातमा लाग्ने कर करिव उस्तै हो । यद्यपि उनीहरू किन नेपाली भूमी प्रयोग गरेर भित्र्याउन चाहन्छन् त सुन ? प्रश्न उठ्छ । किनकी भारतमा पछिल्लो केहि वर्ष यता बेला बेलामा नोट बन्दी भइरहो गरेको छ । सोही कारण ठूला दरका नोट राख्न भारतका तस्करलाई गाह्रो छ । भोलि त्यसरी राखिएको पैसा कतै खोस्टा त बन्ने होइन भन्ने चिन्ताले उनीहरू सुरक्षित वस्तुमा लागनी गरेर आफ्नो पैसा जोगाउन चाहन्छन् ।

त्यसैले उनीहरूले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर नेपालको वदनाम गरी आफूहरूले फाइदा लुटिरहेका छन् ।
अर्को छिमेकी राष्ट्र अर्थात तेस्रो देशबाट नेपालमा सुन भित्र्याएर पुरै सेटिङमा नेपाल भित्रिएको सुन भारतको नयाँ दिल्लीसम्म पुर्याउन विभिन्न एजेन्ट नै नेपाल आएर बसेका छन् । त्यहि एजेन्टले नेपालमा तस्करी गरी भित्र्याएको सुन फेरि सोही माध्यमबाट अर्को भूमिमा पुर्याउने गरेका हुन् ।

किन चाहन्छ तस्कर यस्तो ?

नेपालबाट सुन भित्र्याउँदा एकातिर तस्करले सुन सहजै अन्य देशमा पुर्याउन सक्ने र अर्कोतर्फ केहि गरी अन्तर्राष्ट्रिय स्तरमा छवि धुमिलिन लाग्यो भने नेपालको अर्थात वदनाम हुने र आफू र आफ्नो देशको छविलाई विश्व सामु स्वच्छ राखिरहन तस्करहरूले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएका हुन् ।

त्रिभुवन विमानस्थलबाट तस्करहरूले ल्याएको सुन फोहोरको ढुंगुरमा पुग्छ । फोहोर उठाउने गाडीले त्यो सुन बोकेर बाहिर निकाल्छ र पुरै सेटिङमा सो सुन तस्करीको केन्द्रमा पुग्छ र बसको हुटमा हालेर पैठारी भएर आएको सुन निकाशी हुन्छ । सरकार तथा भन्सार कार्यालयका कर्मचारी नथाहापाएजस्तो गरी हिस्सा लिन्छन् र आँखा चिम्लेर बस्छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स