एनसेल बिक्री प्रकरणमा छलफल गर्न प्रधानमन्त्री बोलाउने

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ ।

शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्री दाहाललाई बोलाउने निर्णय गरेको हो ।

शुक्रबार  प्रधानमन्त्री दाहाललाई पत्र पठाइने समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका हुन् । समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको विषयमा शंकास्पद रहेको बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स