उच्च अदालत पाटनले दियो एनसेलको सेयर खरिद प्रक्रिया रोक्न अल्पकालीन आदेश

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको सेयर  खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन भन्दै अल्पकालीन  आदेश दिएको छ । उच्च अदालतले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया ‘जे अवस्थामा छ, त्यही अवस्थामा राख्नू, थप प्रक्रिया अघि नबढाउनू’ भनेर अल्पकालीन अन्तरिम आदेश दिइएको छ ।

मलेसियन सरकारको स्वामित्व समेत रहेको बहुराष्ट्रिय कम्पनी आजियटाले अन्तर्राष्ट्रिय तथा स्थानीय कानूनलाई चुनौति दिएर कर तिर्ने प्रयोजनका लागि टेलियाले खातामा जम्मा गरेको रकम नेपालमा नल्याई आपसमै मिलेर सिंगापुरमै बाँडेर अपचलन गरेको भन्दै बाजुराका गोकुलबहादुर रोकायाले रिट हालेका हुन् ।

रोकायाले नै हालेको अघिल्लो रिटमा सुनुवाई गरेर उच्च अदालतले २५ गते अन्तरिम आदेशको छलफलका लागि दुबै पक्षलाई बोलाएको छ । अघिल्लो रिटलाई समेत रोकायाले यो निवेदनको अंग मानि पाउँ भनी माग गरेका छन् । उनले रिटमा आजियटाको हिस्सा खरिद गर्ने स्पेक्ट्रलाइट यूके लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, ठूला करदाता कार्यालयसहित ९ वटा निकायलाई विपक्षी बनाएर छन् ।

आजियटा र सुनिभेराका सञ्चालक सतिशलाल आचार्यका अनुसार नेपालले पाउनुपर्ने ४ सय मिलियन डलर आजियटा र सतिशलाल मिलेर अपचलन गरेका छन् । उनीहरुले त्यो रकम अपचलन गरेर बदलामा एनसेलका नाममा बैंकबाट २० अर्ब ऋण लिएर पुँजीगत लाभकर तिर्नु सरासर गैरकानूनी भएको समेत रोकायाले जिकिर गरेका छन् ।

टेलियाले कर तिर्न दिएको चारसय मिलियनमध्ये ८० प्रतिशत रकम आजियटा र बाँकी २० प्रतिशतले हुने ९० मिलियन डलर सतिशलाल आचार्यले राखेको आरोप छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स