नेको इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले आ.व. २०७९/८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संन्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।

बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स