सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७७ रूपैयाँसम्म बोनस पाउने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आव २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार २५ रुपैयाँदेखि अधिकतम ७७ रूपैयाँसम्म बोनस पाउनेछन् ।

१. अग्रिम भुक्तानी (सावधिक रेगुलर जीवन बीमालेख)
कम्पनीले यस योजनामा १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ, बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ७१७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४९ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

२. वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेख
कम्पनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिको लागि २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि २७ रुपैयाँ, २० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार २८ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले सबैभन्दा धेरै २० वर्ष वा सो अवधिभन्दा माथिको ९५ हजार ४६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २८ रुपैयाँ बोनश प्राप्त गर्ने छन ।

३. सिटिजन शुभारम्भ (सावाधिक प्लस) योजना सावधिक बीमालेख
कम्पनीले यस योजनामा ० देखि ९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३९ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४६ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको यस बीमालेख मात्रै ३८ हजार ३५३ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४१ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

४. सावधिक (रेगुलर)जीवन बीमालेख
कम्पनीले यस योजनामा ० देखि ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख १ हजार १५७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

५. सिटिजन बाल भबिष्य योजना सावधिक बीमालेख
कम्पनीले यस योजनामा १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४४ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६७ रुपैयाँ बोनसदर रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको यस बीमालेख मात्रै ११ हजार ७ सय वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४७ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

६. सावधिक तथा आजीवन बीमालेख (सिटिजन सारथी जीवन बीमा योजना)
सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३८ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ५७ रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको मात्रै ८ हजार ४६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स