काठमाडौं । सरकारले आधा दर्जन मन्त्रालयको मन्त्री फर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहसहित अर्थ, कानुन, कृषि, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री फर्ने तयारी गरेको हो ।
कतिपय मन्त्रालयमा अन्य गठबन्धनलाई पनि पुर्याउनु पर्ने र कतिपयमा भने काममा असन्तुष्ट हुँदा प्रधानमन्त्री दाहाल सरकार पुर्नगठनको तयारीमा लागेका हुन् । कोप सम्मेलनमा भाग लिन दुबई पुगेका प्रधानमन्त्री फर्किएपछि सरकार पुर्नगठन हुने विशेष स्रोतले जानकारी दिएको छ ।
अन्य मन्त्रालयमा मन्त्री बाहिर गएपनि अर्थ मन्त्री डा. प्रकाशशरण महतलाई भने अझ बढी जिम्मेवारी दिएर गृह मन्त्रालय लैजाने तयारी भइरहेको बुझिएको छ । शेरवहादुर देउपा पत्नी आरजु राणाको सेटिङमा उहाँलाई गृह मन्त्री बनाउन लागेको बुझिएको छ ।
देश आर्थिक संकटको जर्जर अवस्थामा धकेलिदा समेत अर्थमन्त्री डा. महतले अर्थतन्त्रलाई उकास्न केहि भिजन दिन नसकेको र उल्टै समस्या थुपारेको भन्दै सरकारले अर्थमन्त्रीलाई पनि अर्थ मन्त्रालयको जिम्मेवारीबाट हटाएर गृहमा बचाउ गर्ने ठाउँमा लान लागेको बुझिएको छ ।
उपप्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले भुटानी शरणार्थी काण्डमा उच्च पदस्थ समेत तानिएपछि असन्तुष्ट रहेका प्रधानमन्त्रीले देउपाको दवावका कारण उनलाई सो पदबाट हटाउन लागिएको हो । देउपा पत्नीको बलोबुतोमा अर्थमन्त्री बनेका डा.महतलाई गृहमा तान्न सके भुटानी शरणार्थी काण्डमा आफू जोगिने सहज हुनेछ ।
उद्योगमन्त्री रमेश रिजालले खासै उद्योगमैत्री वातावरण तयार पार्न नसकेको भन्दै सरकराले उनलाई हटाएर अर्को मन्त्री नियुक्त गर्न खोजको हो । कानुन मन्त्री धनराज गुरुङ, सहरी विकास मन्त्री सिता गुरुङसँग पनि सरकार सन्तुष्ट छैन । भौतिक पूर्वाधार मन्त्री प्रकाह ज्वालाका ठाउँमा पनि सरकारले अर्को मन्त्री ल्याउन लागेको हो ।
प्रचण्ड सरकारले सत्ता गठबन्धनमा गएका नेतालाई पालो पुर्याउन र सरकार अनुकूल काम नगर्ने मन्त्री परिवर्तन गर्न लागेको हो ।