एशियन लाइफ इन्स्योरेन्सको ‘बिजनेश एक्सिलेन्स अवार्ड’ समारोह सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको आयोजना गरेको मधेश प्रदेश स्तरिय अभिकर्ता सम्मान कार्यक्रम ‘बिजनेश एक्सिलेन्स अवार्ड’ समारोह सम्पन्न भएको छ । उक्त समारोह शनिबार बाराको सिमरास्थित होटल इच्छामा सम्पन्न भएको हो ।

समारोहका अवसरमा एजेन्सी व्यापार र प्रत्यक्ष व्यापार अन्तर्गत देशभरमै उत्कृष्ट स्थान हासिल गर्न सफल हरिऔन शाखाका वरिष्ठ अभिकर्ता विपिन कुमार खनाललाई ट्रफी सहित सम्मान गरिएको छ ।

यसैगरी देशभरमै एजेन्सी व्यापारमार्फत् उत्कृट नतिजा ल्याई दोश्रो स्थान हासिल गर्न सफल वीरगंज शाखाकी वरिष्ठ एजेन्सी म्यानेजर देवका कुमारी बराललाई समेत ट्रफी सहित कम्पनीको तर्फबाट सम्मान गरिएको छ ।

कार्यक्रममा मधेश प्रदेशभरिमा उत्कृष्ट स्थान हासिल गर्न सफल हुनु भएका प्रत्यक्ष व्यवसायतर्फ प्रथम् विपिन कुमार खनाल, द्वितीय बर्दिबास शाखाकी रविता कुमारी यादव र कलैया शाखाकी अनिता देवी सिंहलाई समेत सम्मान गरिएको थियो ।

यसैगरी एजेन्सी बिजनेश तर्फ उत्कृष्ट हरिऔन शाखाका अभिकर्ता विपिन कुमार खनाल, वीरगंज शाखाकी देवका कुमारी बराल र शर्मिला कुमारी खत्री खनालले क्रमशः प्रथम् द्वितीय र तृतीय स्थान हासिल गरेकोमा कम्पनीले सम्मान गरेको हो ।

विजेताहरुलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत् दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुलि र प्रदेश प्रमुख रामरुप सहनीले संयुक्तरूपमा ट्रफी हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको अवसरमा वीरगंज, कलैया, हरिऔन, बर्दिबास, जनकपुर, राजविराज, लहान र गाइघाट शाखा अन्तर्गतका उत्कृष्ट अभिकर्तालाई समेत प्रशंसा पत्र र करूवा सहित सम्मान गरिएको थियो ।

दुई दिने कार्यक्रमको पहिलो दिन अभिकर्ताहरुलाई मोटिभेशनल ट्रेनर लेखनाथ पौड्यालले प्रशिक्षण दिएका थिए । कार्यक्रमको उद्घाटनका अवसरमा पेशागत अभिकर्ता संघका प्रतिनिधि चन्द्रशेखर साहको समेत करिब २०० जना अभिकर्ताको सहभागीता थियो ।

एशियन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई व्यवसायीक प्रशिक्षणका साथै उत्कृष्ट अभिकर्ताहरुको सम्मानका लागि गत वर्षदेखि प्रादेशिकरुपमा बिजनेश एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ। यसअघि काठमाडौं, बिर्तामोड, भैरहवा र नेपालगंजमा विजनेश एक्सिलेन्स अवार्ड समारोह भव्यताका साथ सम्पन्न भइसकेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स