काठमाडौं । देशमा सञ्चालित २० वाणिज्य बैंकहरूले आफ्ना कुल पुँजी करिब ७ खर्ब पुगेको छ । बैंकहरूले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८.२७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असारसम्म ६ खर्ब ७६ अर्ब ४१ करोड २ लाख रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कुल पुँजी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ६ खर्ब ८५ अर्ब ९० करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको यस्तो पुँजी ६ खर्ब ३३ अर्ब ४८ करोड ६७ लाख रुपैयाँ मात्रै थियो । यो अवधिमा बैंंकहरूको कुल पुँजी ५ अर्ब २४ करोड १७ लाख रुपैयाँले बढेको हो ।
वाणिज्य बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सबै भन्दा बढी पुँजी ग्लोबल आइएमई बैंकको रहेको छ । दोस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र तेस्रो नम्बरमा नबिल बैंकको पुँजी रहेको छ । माछापुच्छ्रे बैंक, नेपाल एसबिआई बैंक र सानिमा बैंकको कुल पुँजी अन्य बैंकको तुलनामा कम रहेको छ ।
गत वर्षको असारसम्म कुल पुँजी ५८ अर्ब ६८ करोड २७ लाख रुपैयाँ रहेको ग्लोबल आइएमई बैंकको कुल पुँजी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० अर्ब २० करोड १० लाख रुपैयाँले बढेको छ । बैंकको गत आर्थिक वर्षको सोही अवधिमा यस्तो पुँजी ३८ अर्ब ८४ करोड ९० लाख रुपैयाँ थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल पुँजी ५९ अर्ब १६ करोड ९१ लाख रुपैयाँले पुगेकोे छ । गत वर्षको समीक्षा अवधिमा बैंकको यस्तो पुँजी ३५ अर्ब २० करोड ९४ लाख रुपैयाँ मात्रै थियो । बैंंकको गत आर्थिक वर्षको असारसम्म ५८ अर्ब १८ करोड १४ लाख रुपैयाँ कुल पुँजी थियो ।
त्यस्तै नबिल बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल पुँजी ५९ अर्ब ५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । बैंकको गत वर्षको सोही अवधिमा ५३ अर्ब ३२६ करोड ३५ लाख रुपौयाँ मात्र पुँजी थियो ।
गत आर्थिक वर्षको असारसम्मा ५४ अर्ब ३ करोड ९१ लाख रुपैयाँ रहेको राष्ट्रिय वाणिज्य बैंकको कुल पुँजी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ अर्ब ७० करोड ९५ लाख कुल पुँजी पुगेकोे छ । बैंकको गत आर्थिक वर्षको सोही अवधिमा कुल पुँजी ३४ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ थियो ।
लक्ष्मी सनराइज बैंकको कुल पुँजी ३७ अर्ब १२ करोड २० लाख रुपैयाँ पुगेको छ । बैंकको गत आर्थिक वर्षको समीक्षा अवधिमा १७ अर्ब ४१ करोड १४ लाख रुपैयाँ पुँजी थियो । गत वर्षको अन्तिम असारसम्मा बैंकको यस्तो कुल पुँजी ३७ अर्ब ६० करोड ७९ लाख रुपैयाँ मात्रै थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंकको कुल पुँजीे ३७ अर्ब ६४ करोड हिमालयन बैंकको ३६ अर्ब ८७ करोड ५६ लाख, नेपाल बैंकको ३६ अर्ब ५० करोड ९४ लाख, प्रभु बैंकको ३४ अर्ब ८० करोड, कृषि विकास बैंकको ३३ अर्ब २४ करोड ७५ लाख १० हजार, एनआईसी एशिया बैंकको ३० अर्ब १४ करोड २९२ रुपैयाँ पुँजी बढेको छ ।
प्राइम बैंको २९ अर्ब ५० करोड ३२ लाख, एनएमबि बैंकको २९ अर्ब ३२ करोड ८९ लाख कुल पुँजी बढेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार यी दुबै बैंकको कुल पुँजी बराबर जस्तै देखिएको छ ।
एभरेष्ट बैंकको कुल पुँजी २५ अर्ब ९२ करोड ५८ लाख, सिद्धार्थ बैंकको २५ अर्ब ३२ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २० अर्ब ९३ करोड २० लाख रुपैयाँ पुगेको छ । बैंकको गत वर्षको सोही समीक्षा अवधिमा १८ अर्ब ९८ करोड रुपैयाँ कुल पुँजी रहेको थियो ।
माछापुच्छ्रे बैंकको १६ अर्ब ५९ करोड २० लाख, नेपाल एसबिआई बैंकको १८ अर्ब ४८ कारेड ९२ लाख रुपैयाँ र सानिमा बैंकले १९ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ आफ्ना कुल पुँजी सार्वजानिक गरेका हुन् ।