३ करोडभन्दा बढी रकम खर्चेर काठमाडौं प्लाजाको भवन कलात्मक झल्कने गरी सजाउँदै महानगर, मर्मत कार्य तिव्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल ट्रष्टको भवन (काठमाडौं प्लाजा) लाई कलात्मक झल्कने गरी सजाउने भएको छ । कमर्शियल प्रयोजनका लागि निर्माण भएको उक्त भवनलाई महानगरले रंगरोगन गरेर कलात्मक ‘माने’ राख्ने गरी सजाउन लागेको महानगरपालिका सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाले जानकारी दिए ।

‘यी सबै कार्य गर्न महानगरले ३ करोड १५ लाख रुपैयाँको टेण्डर गरेर ब्लक छाप्ने र रंगरोगन गर्न सुरु गरेको हो’, उनले भने ‘यसका साथै मेयरसाबको सचिवालय बनाउन (सजाउन) करिब ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।’ अहिले काम भइरहेको छ । सबै कामहरू अन्तिम चरणमा पुगिसकेको छ । महानगर बस्ने ठाउँ अलि व्यवस्थित चिटिक्क देखिने गरी यो भवनको मोडल परिवर्तन गर्न लागिएको प्रमुख थापाले बताए ।

महानगर बसेको यो भवनलाई अलि कलात्मक बनाउन मोहोडा नै परिवर्तन गर्न नसकिएपनि रंगरोगन गरेर यसलाई सजाउन लागेका हौं । दाँची ईट्टाको प्रयोग गर्न नसक्ने भएपछि इन्टेरियरको सल्लाह सुझाव अनुसार यसलाई महानगर झल्काउने बनाउन लागिएको हो ।

भवन बाहिर भित्र रङ लगाउने देखि विभिन्न मर्मत कार्यहरू भइरहेको छ । पार्किङ गर्ने ठाउँ र बाटोमा ब्लक छाप्ने काम भइरहेको छ भने टुकुचा खोलामा पनि रेलिङ राखेर अलि व्यवस्थित तरिकाबाट हामी बस्न खोजेका हौं, प्रमुख थापाले भने । ‘गमलामा फूल लगाएर हरियाली बनाउन खोजेका हौं । भवनको सबै कोठामा कम्तीमा फूलका दुईवटा गमला हुनेछ ।

बाहिरबाट सेवा लिन आएका ग्राहकहरूलाई महानगर कार्यालयमा आउन साथ काठमाडौं महानगरपालिका आएको महसुस होस भन्ने हाम्रो चाहना हो । महानगरको धेरै सवारी साधन छ, अर्को सेवा लिन आउने सर्वसाधारणको सवारी साधन पाकिङ गर्न नेपाल ट्रष्टकै ४ रोपनी जग्गा लिजमा लिएर पार्किङ व्यवस्थापन गर्न लागिरहेका र्छौ ।

यसका साथै महनगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत विभागीय प्रमुखको कार्यकक्षमा एसी जडान कार्य भइरहेको छ । सम्भव भएसम्म कोठा भरिनै कभरेज गर्ने गरी एसी जडान कार्य गर्न लागिएको हो । विभिन्न विभागीय प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, मेयर, उपमेयरको कार्यकक्षको लागि एसीको व्यवस्था गर्न छुटै बजेट विनियोजन भएको छ ।

कम बजेटमा छिटो काम सम्पन्न गर्ने गरी यस अघि कार्यालयमै भएका पार्टेसनहरू उपयोग गर्ने गरी कामदारलाई मात्र खर्च गरेर थोरै बजेटमा यो काम सक्न खोजिएको हो । ‘भूकम्पदेखि लिफ्ट बिग्रिएको रहेछ, भर्याङका सबै सिसा फुटेका छन्, बाहिर भित्र सबै रङ लगाउनु पर्ने छ, भवनको छत सबै झारपातले भरिएर बिजोग रहेछे । यी सबै कामएकै साथ सम्पन्न गर्ने गरी कार्यालय संञ्चालन गर्न टेन्डर गरिएको थियोे ।

महानगरपालिकामा पूर्वाधार निर्माणका लागि ११ अर्ब बजेट
काठमाडौं महानगरपालिकाले पूर्वधार निर्माणको चालु आर्थिक वर्षमा करिब ११ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । सो बजेटमध्ये ७ अर्ब ८० करोड बजेट सार्वजनिक निर्माणमा खर्च गर्ने योजना बनेको छ भने महानगरका ३२ वटै वडा कार्यालयमा पूर्वाधार निर्माणको लागि ३ अर्ब रुपैयाँ खर्च हुन्छ । त्यो बाहेका १ अबभन्र्दा बढी बजेट संम्पदा संरक्षणमा विनियोजन भएको छ । मठ, मन्दिर, ढुंगे धारा लगायत भत्किएका तथा संरक्षण गर्नुपर्ने अवस्थमा पुगेका संरचनाहरूको निर्माण कार्य संम्पदा विभागले गर्छ ।

केही बजेट शिक्षा विभागमा छ । विभिन्न विद्यालयहरूमा टवाइलेट, खेलमैदान, कतिपय विद्यालयका कक्षा कोठाको ल्याबहरू बनाइदिने काम शिक्षा विभागबाट हुन्छ । काठमाडौं महानगरपालिका भित्र ८९ वाट विद्यालय छ । महानगरले ती सबै विद्यालयको अनुसन्धान गरीे आवश्यकता अनुसार बजेट खर्च गर्ने हो ।

किन ढिला भयो महानगर काठमाडौं प्लाजामा सर्न ?
नेपाल ट्रष्ट र काठमाडौं महानगरपालिकाबीच २०७८ सालदेखि काठमाडौ प्लाजाको भवन भाडामा लिने छलफल भएको हो । २०७२ सालको भूकम्पले बागदरबार अर्थात महानगरपालिका बसेको भवन भत्किएपछि त्यहाँ बस्न सकिने अवस्था रहेन । जेडीए भवनमा मेजर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय र तीन/चार वटा विभागहरू थिए । त्यो बाहेक महानगरपालिको कार्यालय विभिन्न ठाउँमा छरिएर रहेको थियो ।

काठमाडौं महानगरवासीलाई कस्तो सेवा लिन कहाँ जाने भन्ने अन्योलता थियो । महानगरवासीलाई समयमा सेवा लिनको लागि मेयर कहाँ बस्छन् प्रशासकीय अधिकृतको कार्यालय कहाँ छ भनेर खोज्दै हिडनु पर्ने अवस्था थियो । त्यहाँ गएरमात्रै काम सकिदैन थियो सबै सेवा लिन फेरि विभिन्न विभाग पुग्नु नै पर्ने अवस्था थियो । त्यसकारण सेवाग्राहीहरूलाई बबरमहल, ताहाचाल, अनमनगर, टेकुलगायत विभिन्न ठाउँमा पठाउनु पर्ने भएकोले महानगरवासीले दुःख पाइरहेका थिए ।

मेयर बालेन्द्र साहसँग १० मिनेटमा सकिने कामको लागि २ घण्टा लगाएर पुग्नु पर्ने अवस्था थियो । कतिपय अवस्थामा मेयर सायव आफैले समय दिएर छलफलका लागि बोलएको अवस्थामा पनि समयमा पुग्न सकिने थिएन । त्यस कारण टेकुमा महानगरकै कार्यालय भवन बनाउने भनेर टेन्डर मिलाएर प्रकृया तयार गर्यौ । त्यतिकैमा नेपाल ट्रष्टको यो भवन लिजको समय सकिएको सूचना आयो र महानगर र ट्रष्टबीच ‘जी टू जी’ सम्झौता भएको हो ।

नेपाल सरकारको खालिरहेको यो भवनमा नेपाल ट्रष्टलाई मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा भुक्तान गर्ने गरी सम्झौता भएको हो । यहाँ बसिरहेकाले महानगरपलिकाको कार्यालय यहाँ सार्न नदिन विभिन्न विवाद तथा मुद्दाहरू चल्यो । सम्झौता भएपछि पनि २ वर्ष यसरी नै चल्यो । त्यो मुद्दा सकिएपछि महानगरपालिकाको कार्यालय गत वर्षको चैतमा यहाँ सरेको हो ।

मुद्दाको टुंगो लागे लगतै कार्यालय पनि सर्ने र आवश्यकता अनुसारको मर्मत गर्दै लैजाने निर्णय भयो । धेरै कार्यालय त यहाँ वैशाखमै सरेका हुन् । सार्वजनिक पूर्वाधार विभाग, राजस्व विभाग, सम्पदा विभाग भने असारमात्रै यहाँ स्थानान्तरण भएको हो ।

यहाँ भाडा तिरेर बसेका विभिन्न कार्यालयहरू रेष्टुराँ, औषधिको क्लिनिक स्टोर देखि बैंकका कार्यालयहरू थिए । माथिल्लो तलामा स्टुडियो र डान्स बारसहितको रेष्टुराँ रहेछ ।

तिनीहरूले सहजै नछाड्दा समस्या आएको थियो । भवनमा विभिन्न किसिमका तोडफोड भएको थियो । कतिपय कार्यालयहरूले त बत्तीको स्वीच पनि निकालेर लगेका रहेछन् । ट्वाइलेटका धारा, मेसिनहरू फुटाएर एक प्रकारले भद्रगोल जस्तै थियो, काठमाडौं प्लाजाको यो भवन । अब यसको मुहार फेरिने छ । महानगरले यो भवन १० वर्षको लागि भाडामा लिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स