सेयर कारोबार सुचारु, २५ मिनेट थप हुने

काठमाडौं । सेयर कारोबार सुचारु भएको छ । बुधबार विद्युत आपूर्तिमा समस्या आएपछि सिस्टम डाउन हुँदा प्रिओपनिङ कारोबार हुन सकेको थिएन ।

त्यसपछि नियमित कारोबार करिब आधा घण्टा अवरुद्ध भएको थियो । प्राविधिक समस्या समाधानपछि कारोबार साढे ११ बजेपछि नियमित रुपमा सुरु भएको छ ।

निर्माण कार्यका क्रममा बिजुली अवरुद्ध हुन जाँदा सिस्टममा पावर नपुगेपछि कारोबार अवरुद्ध भएको नेप्सेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नेप्सेले विद्युत् आपूर्तिमा समस्या समाधान भएको भन्दै बुधबारको कारोबार अवधि ३ः२५ बजेसम्म थप गर्ने भएको छ ।

विद्युतको समस्या हुँदा कारोबार प्रभावित भएपछि नेप्सेले नियमित सेसनमा २५ मिनेट थप गर्ने भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स